त्रिभुवन विश्वविद्यालयमा दलित विद्यार्थीको विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

त्रिभुवन विश्वविद्यालयमा दलित विद्यार्थीको विरोध प्रदर्शन

dalit student pradarshan

काठमाडौं, २५ जेठ । रुकुमको चौरजहारीमा भएको घटनाको विरोधमा त्रिभुवन विश्व विद्यालयमा अध्ययनरत दलित विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

विभिन्न जिल्लाबाट काठमाडौं आई त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा अध्ययन गरिरहेका विद्यार्थीहरुले आइतबार विश्वविद्यालय परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

दलितमाथिको विभेद र अत्याचार विरुद्ध बोल्नका लागि अभियान नै चलाउनुपर्ने भएकाले प्रदर्शन गर्नुपरेको बिद्यार्थीहरुको भनाई छ । विद्यार्थीहरुले रुकुम घटनाका दोषीलाई तत्काल कारबाही गर्न समेत माग गरेका छन् ।

अन्तरजातिय प्रेम सम्बन्धको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका छन् ।

dalit student pradarshan1

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);