काठमाडौं, १९ जेठ । एसियाली देशहरू मध्ये सबैभन्दा बढी काेराेना भाइरस संक्रमितहरू भारतमा फेला परे सँगै एसियाकै महामारी केन्द्र बनेको छ्ह । आइतबार मात्रै त्यहाँ ८ हजार ७८२ नयाँ संक्रमित फेला परेकाे छ ।
शनिबार ८ हजार ३३६ जनामा संक्रमण पुष्टि भएकाे थियाे । आइतबार त्यहाँ २२३ जनाकाे मृत्यु भएकाे छ ।
याे सँगै भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५ हजार ४ सय ८ पुगेकाे छ भने संक्रमितकाे संख्या १ लाख ९० हजार ६०९ पुगेकाे छ । काेराेना संक्रमणका हिसाबले अहिले भारत एसियाकै १ नम्बरमा रहेकाे छ भने विश्वकै साताैँ नम्बरमा छ ।
संक्रमितमध्ये हाल ९१ हजार ८५२ मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा अहिले ९३ हजार ३ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरू उपचाररत छन् ।