डुसलडोर्फमाथी बायर्नको शानदार जीत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डुसलडोर्फमाथी बायर्नको शानदार जीत

एजेन्सी, १८ जेठ । जर्मनीको राष्ट्रिय लिग फुटबल बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले फोर्टुना डुसलडोर्फलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्नलाई जीत दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई तथा बेन्जामिन पाभर्ड र अल्फान्सो डेभिसले एक एक गोल गरे । बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको १५ औं मिनेटमा डुसलडोर्फका माथिआस जोर्गेनसनको आत्मघाती गोलबाट बायर्नले अग्रता बनाएको थियो । जीतसँगै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डसँग १० अंकको अग्रता बनाएको छ । बायर्नले २९ खेलबाट ६७ अंक जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);