जर्मन बुण्डेसलिगामा वायर्न म्युनिखको सहज जीत | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

जर्मन बुण्डेसलिगामा वायर्न म्युनिखको सहज जीत

bayern latest

एजेन्सी, ११ जेठ । कोरोना भाईरसको महामारीबीच जारी जर्मन बुन्डेसलिगा फुटबलमा वायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा वायर्नले फ्रान्क फर्टलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा वायर्नलाई जित दिलाउन लियोन गोर्टेज्का, थोमस मुलर, रोबर्टो लेवान्डोस्की र अल्फान्सो डेभिसले एक एक गोल गरे । वायर्नले एक आत्मघाती गोलको उपहार पाएको थियो । फ्रान्क फर्टका दुवै गोल मार्टिन हिन्टरगरले फर्काए ।

खेलको १७ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा मुलरले गोल गर्दा पहिलो हाफमा घरेलु टोली २–० ले अघि रह्यो ।

दोस्रो हाफमा दुवै टोलीबाट गोलको वर्षा हुँदा खेल रोमान्चक बन्यो । खेलको ४६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नको अग्रता तेब्बर बनाए । ५२ औं मिनेटमा फ्रान्कफर्टका मार्टिनले गोल गर्दा खेल ३–१ को अवस्थामा पुग्यो । त्यसको तीन मिनेट पछि मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्कफर्टले खेल ३–२ को स्थितिमा ल्यायो । तर, खेलको ६१ औं मिनेटमा डेभिसले गोल गर्दा वायर्न ४–२ ले अघि रह्यो ।

त्यसपछि खेलको ७४ औं मिनेटमा मार्टिनले आत्मघाती गोल गर्दा वायर्न ५–२ ले विजयी भयो । कोरोनाको महामारीको कारण स्थगित लिग सुचारुपछि वायर्नको यो लगातार दोस्रो जित हो । यस अघि वायर्नलेले युनियन बर्लीनलाई २–० ले हराएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);