पाकिस्तान विमान दुर्घटनामा मृत्यु हुनेको सख्या ९७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

पाकिस्तान विमान दुर्घटनामा मृत्यु हुनेको सख्या ९७ पुग्यो

एजेन्सी, १० जेठ । पाकिस्तानको कराँचीमा यात्रु बाहक बिमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९७ पुगेको छ ।  विमानमा ९९ जना यात्री र चालक दलका आठजना सदस्य रहेको विमान शुक्रबार कराची एअरपोर्टमा अवतरण गर्नुअघि विमान दुर्घटना भएको थियो ।

बीबीसीका अनुसार ९७ जनाको मृत्यु भएको र अन्यको बिबरण आउन बाँकी रहेको जनाइएको छ । पाकिस्तानको राष्ट्रिय एअरलाइन्स कम्पनी ‘पीआईए’को विमान दुर्घटनामा परेको हो ।

दुर्घटनास्थलमा कालो धुवाँको मुस्लो उडेको थियो । शुक्रबार दिउँसो लाहोरबाट उडान भरेको एअरबस ‘ए–३२० पीके ८३०३’ अवतरणअघि एअरपोर्ट नजिक एक ‘मोडल कोलोनी’मा खसेको थियो । विमान दुर्घटना भएको स्थानका केही घरहरुमा समेत आगलागी भएको छ । केही सवारी–साधनहरु पनि जलेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);