काठमाडौं, ७ जेठ । महानगरीय प्रहरी वृत्त कालीमाटी र भक्तपुरको ल्योसिखेल सिल गरिएको छ ।
उक्त प्रहरी वृत्तका एक प्रहरी सहायक निरीक्षक (सई) तथा प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएसँगै उक्त वृत्त सिल गरिएको हो ।
मङ्गलबार साँझ आएको पिसिआर रिपोर्टमा दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो । वृत्तभित्रै रहेको महिला सेल तथा ट्राफिक प्रहरी प्रभाग पनि सिल गरिएको छ ।
त्यस्तै, कोरोना संक्रमित भेटिएपछि भक्तपुर नगरपालिका–५, ल्योसिखेललाई पनि सिल गरिएको छ । आउजाउ गर्ने बाटोमा बाँसको तगारो लगाएर बन्द गरिएको छ ।
सो क्षेत्रमा दुई जना प्रहरी पनि तैनाथ गरिएको छ । मंगलबार भक्तपुरका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी काठमाडौं महानगरपालिकाका गाडी चालक थिए । उनलाई राति नै अस्पताल लगिएको र परिवारका सदस्य तथा उनको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षणको तयारी भइरहेको छ ।