बैंकहरुमा भिडभाड हुदाँ संक्रमणको जोखिम उच्च | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बैंकहरुमा भिडभाड हुदाँ संक्रमणको जोखिम उच्च

दाङ, ७ जेठ । सरकारले लकडाउन घोषणा गरेको दुई महिना पुगिसक्दा समेत दाङ तुलसीपुरका बैँक तथा बित्तिय संस्थाहरुले आन्तरिक ब्यबस्थापन गर्न सकिरहेका छैनन् । बैँकले नागरिकहरुलाई व्यवस्थापन गर्न नसक्दा भिडभाडले कोरोना संक्रमणको जोखिम बढेको स्थानीयको भनाई छ ।

लकडाउनका समयमा अधिकाँस क्षेत्रमा हप्ताको ३ दिन बैँक खोल्न पाउने व्यवस्था गरिएको छ । बैंकहरुमा लक डाउनको बेला पनि अत्याधिक भिडभाड भएपछि स्थानिय प्रशासन पछिल्लो समय हप्तामा तिन दिन बैक खोल्ने निर्णय भएपनि उनीहरुले सामाजिक दुरी कायम नगरी भिडभाड गराएको भन्दै कोरोना संक्रमणको जोखिम बढेको स्थानियको भनाई रहेको छ ।

तर बैंकहरु हप्ताको ३ दिन खोल्दा अझ भिडभाड हुने भएकाले हप्ताको ६ दिन निश्चित समय तोकेर खोल्नु पर्ने सेवाग्राही एंव ब्यबसायी अनुपकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

तुलसीपुरमा जेष्ठ नागरिकहरलाई सामाजिक सुरक्षा भत्ता बितरण गर्दा समेत सामाजिक दुरी कायम नभएको भन्दै चर्को आलोचना खेपिरहेको स्थानिय सरकार र बैंकका प्रबन्धकहरुलाई सामाजिक सघं सस्थाहरुले एक हप्ता सम्म स्वयमसेवकहरु खटाएर सहयोग गरेका थिए । हप्तामा ३ दिन मात्र बैंक तथा वित्तिय संस्थाहरु खोल्दा मानिसहरु पैसा बचत वा निकाल्न आउँने भएकाले बैंक बाहिर मानिसहरुको

भिडभाड धेरै हुदाँ लकडाउन उल्लघंन र सामाजिक दुरीको कायम नभएको तुलसीपुर ७ अर्का सेवाग्राही बिमल गौतमले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका र बैकर्षहरुबिच हप्तामा तिन दिन मात्रै बैक खोल्ने निर्णय भए सगैं बजारमा भिडभाड देखिएपछि स्थानियबासीहरुले चिन्ता ब्यक्त गरेका छन् ।

तत्काल निर्णय सच्याएर बजारमा हुन सक्ने सक्रमणको खतरालाई ब्यबस्थापन गर्न समेत नागरिक अगुवाहरुले माग गरेका छन् । दाङको तुलसीपुरमा मात्रै २४ कर्मसीयल डेभलपमेन्ट बंैक र दर्जन बढि आईएमई तथा बित्तिय सस्थाहरुले सेवा प्रदान गरिरहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);