काठमाडौं, ३० वैशाख । भारतले दार्चुलाको लिपुलेकमा सडक बनाएको विरोधमा प्रदर्शन गर्न काठमाडौंको माइतिघर पुगेका विवेकशिल नेपाली दलका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विवेकशिल नेपाली दलकी नेतृ रन्जु दर्शना सहित आधा दर्जन युवाहरुलाई पक्राउ गरेको हो ।
माइतिघरमा विरोध प्रदर्शन गर्नका लागि जम्मा हुँदै गरेको अवस्थमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु भरतले नेपालको दार्चुलाको लिपुलेकमा सडक बनाएको विरोधमा प्रर्दशन गर्न आज दिउसो माइतिघर पुगेका थिए । तर प्रदर्शन गर्न नपाउँदै प्रहरीले उनीहरुलाई पक्राउ ग¥यो । प्रहरीले लकडाउनको अवस्थामा भिडभाड गरी प्रर्दशन गर्न लागेको भन्दै पक्राउ गरेको हो ।




