काठमाडौं, २८ वैशाख । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिपुलेकको सीमा विवाद समाधान गर्न कूटनीतिक नोट भारतलाई त पठायौं । अब चीनलाई पनि पठाउनु पर्ने बताउनु भएको छ ।
प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सुझाव दिँदै उहाँले लिपुलेकमा त्रिदेशीय समक्षदारी आवश्यक भएकाले चीनलाई पनि कूटनीतिक नोट पठाउनु पर्नेमा जोड दिनु भएको हो ।
धेरै पुरानो समस्या छ । नेपाल–भारतबीचको सीमा ९० प्रतिशत व्यवस्थित भइसकेको अवस्थामा बाँकी विवाद मिल्न नसक्नुको कारण के हो ? त्यो समस्या भौतिक रुपमा किन समाधान भएको छैन ? भनी प्रश्न गरेका छन् । गिरीले यसबारे सरकारले बताउनुपर्ने उहाँको भनाइ छ ।