मैले स्थापित कूटनीतिक संयन्त्रमार्फत् सीमासम्बन्धि समस्यालाई समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गरेँः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

मैले स्थापित कूटनीतिक संयन्त्रमार्फत् सीमासम्बन्धि समस्यालाई समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गरेँः प्रधानमन्त्री

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भिर ढंगले आग्रह गरेको बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको चार दिने औंपचारिक भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री दाहालले सो कुरा बताउनु भएको हो । त्यस अवसरमा उहाँले दुई मुलुकबीचको सीमालगायतका थाँति रहेका सबै समस्याहरुको समाधान गरिनेछ भनेर भारतीय प्रधानमन्त्री मोदीले सीमा सम्बन्धि हालसम्मका स्पष्ट विचार राखेको पहिलो पटक भएको दावी समेत गर्नु भयो । प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले संयुक्त प्रेसमिटको अवसरमा दिनु भएको सीमासम्बन्धि समस्या समाधान गर्ने अभिव्यक्तीलाई आफूले सकारात्मक अभिव्यक्तिको रुपमा लिएको पनि बताउनु भयो । उहाँले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग गम्भिर रुपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको जिकीर समेत गर्नु भयो । प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘भेटवार्तामा सीमा सम्बन्धि विषयहरुमा गम्भिर रुपले छलफल भएको छ । सीमा सम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भिर ढंगले आग्रह गरेको छु । यहाँहरुलाई थाहानै छ । प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायतका थाँति रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नु भएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धि विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ।’

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भिर भएर लागिपर्ने बताउनु भएको पनि संसदलाई जानकारी गराउनु भयो ।

Leave a Reply

ताजा समाचार