आफ्नो राजनीतिक नक्साले नेपाली भू–भागमा असर नगरेको भारतको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आफ्नो राजनीतिक नक्साले नेपाली भू–भागमा असर नगरेको भारतको दाबी

sima stamba

काठमाडाैं, १८ पुस । नेपाल–भारतबीचको सीमा विवाद सामाधान गर्न कूटनीतिक तहमा अनौपचारिक गृहकार्य भइरहेको र छिट्टै वार्ताको मिति तय हुने भारतले जनाएको छ ।

सीमा विवादबारेको छलफल द्विपक्षीय संयन्त्र हुने भारतको पछिल्लो धारणा सार्वजनिक भएको छ । भारतीय विदेश मन्त्रालयको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा विहीबार भारतीय विदेश सचिव रविश कुमारले भने, ‘सीमाका विषयमा वार्ता चलिरहेको छ । सीमा निधारणको प्रक्रिया पनि चलिरहेको छ ।’

आफ्नो मुलुकको राजनीतिक नक्साले नेपाली भू–भागलाई असर पर्ने काम नगरेको र नक्सा सही भएको दाबी गर्नुभयो । सीमा समस्या समाधान गर्न पछिल्लो विवाद बल्झिनुअगावै दुवैतर्फका परराष्ट्र सचिव संलग्न संयन्त्र गठन भइसकेको छ ।

यता परराष्ट्र मन्त्रालयले पनि वार्ताबारे गृहकार्य भइरहेको बताउँदै छिट्टै वार्ताको मिति तय हुने जनाएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्रमोदीबीच टेलिफोन संवादका क्रममा सीमा विवाद समाधान गर्ने विषयमा छलफल भएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);