लकडाउन मोडालिटीमा पुर्नविचार गर | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

लकडाउन मोडालिटीमा पुर्नविचार गर

truck-sasti

सम्पादकीय

चैत्र ११ गतेदेखि मुलुक लकडाउनमा छ । लकडाउनमा भएपछि सामाजिक तथा आर्थिक गतिविधिहरु निलम्बन भएका छन् । संक्रमणको जोखिमकै कारण मुलुक नागरिक कफ्र्यूमा रहेको छ ।लामो समय यही मोडलमा लकडाउन निरन्तर जारी रहे यसले आर्थिक र सामाजिक संकटहरु ल्याउन सक्ने संभावना पनि उत्तिकै छ । संक्रमणबाट जोगिन र न्यूनतम सेवा संचालनमा निरन्तरता दिन पनि जरुरी छ । यसको लागि सावधानी अपनाउदै लकडाउन मोडालिटीमा अब पुर्नविचार गर्ने बेला भएको छ ।

लकडाउनको कारण मुलुकको सामाजिक आर्थिक सबै अवयवहरु ठप्प भएका छन् । मानवीय गतिविधि सिमित कोठामा कैद भएका छन् । लामो समय यस्तै हुदै गए, आर्थिक र सामाजिक दुघर्टनाहरुको जोखिम पनि बढ्न सक्छ । लकडाउन नागरिक कफ्यु पनि भएकोले नागरिक धैर्यता टिकाइरहन पनि सरकारका अगाडि सजिलो छैन । आर्थिक गतिविधि शुन्य हुदै जाँदा आधारभूत वर्ग सबै भन्दा बढी प्रभावित भएको छ । लकडाउकै कारण न्यूनतम गासको प्रश्न उनीहरुको मुल समस्या बन्दै गएको छ । काम नगरी बेलुकी बिहान माम असंभव हुने भएकोले यी वर्गका लागि लकडाउन कहर जस्तै बनेको छ । बन्द कोठामा सबै जीवनकोरोना महामारीको उच्च जोखिम भएपछि यतिबेला मुलुक लकडाउनमा छ । आर्थिक क्षेत्रहरु निलम्बन भएपछि उत्पादन ठप्प छ । उत्पादन ठप्प हुँदा आय पनि शुन्य बन्दै गएको छ । आयको तुलनामा मानवीय खर्च दर बढी छ । लकडाउनबाट वस्तुगत तथा सेवामूलक उद्योगहरु ठप्प भएका छन् । अर्बाैको लगानी जोखिममा पर्दै गएको छ । संक्रमण रोक्नको लागि लकडाउन उत्तम सुत्र हो । यद्यपी लकडाउन लामो समय लागु गर्नु समाधानको उपाय होइन ।

लामो समय लकडाउन गर्नु प्रत्याउत्पादक हुन सक्छ । यसर्थ लकडाउनको मोडालिटीमा पुर्नविचार गर्नुपर्ने समय भैसकेको छ । संक्रमणको जोखिम पनि उत्तिकै छ । पछिल्लो तथ्यांक अनुसार संक्रमणको मात्रात्मक संख्या बढीरहेको छ । संक्रमणको संख्या बढ्दै जानु जोखिम पनि बढ्दै जानु हो । संक्रमणको क्षेत्र जोखिमको अवस्था हेरेर लकडाउनको नयाँ मोडालिटी सरकारले ल्याउनुपर्छ ।उच्च जोखिम, जोखिम र कम जोखिमको आधारमा आर्थिक तथा मानवीय गतिविधि संचालन गर्ने गरि मोडालिटीमा जानुपर्छ । यद्यपी त्यसको लागि सरकारले जोखिमका क्षेत्रहरु पनि पहिचान गरेको छ ।

जोखिमको पहिचान गरिएअनुसार लकडाउनको मोडालिटीलाई लागु गर्दै जान सकेमा व्यवहारिक हुन सक्छ । लामो समय बन्द कोठा भित्रको उकुस मुकुसले मानवीय समस्या पनि थपिदै जान सक्छ । अहिलेकै मोडालिटीमा लकडाउन निरन्तर जारी रहे समस्याहरु थपिदै जानेछन् । यसर्थ सरकारले डेढ महिनाको लकडाउनको गम्भीर समिक्षा गर्दै लकडाउनको मोडालिटीमा पुर्नविचार अबको मुख्य प्रश्न हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);