काठमाडौं, २० वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको परिक्षण गरिएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको छ । राजधानीमा शनिबार आयनेजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनु भयो बताउनुभयो । अहिलेसम्म नेपालमा ४९ पुरुष र १० जना महिला गरि ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ८ जना उपचाररत रहेका छन् । यसैगरी रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा १—१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।
नेपालमा अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ९८ वटा तथा आरडिटी विधिबाट ४८ हजार ५ सय २९ वटा गरि कूल ६१ हजार ६ सय २७ परीक्षण भएका छन् । देशभरी २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् ।
काठमाडौं उपत्यकामा ४ र बाहिर ८५ गरी ८९ जना अहिले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेको प्रवत्तला देवकोटाले बताउनु भयो ।