सडक डिभिजन कार्यालय विराटनगरको लापर्वाहीले बढ्यो दुर्घटनाको जोखिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अजितकुमार झा, सुनसरी, ३ असोज । कोशी राजमार्गमा जताततै परेका खाल्डाखुल्डीका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको छ । सडकमा खाल्डाखुल्डी भएका कारण सवारी साधन आवागमनमा पनि समस्या आउने गरेको छ भने दुर्घटनाको जोखिमसमेत बढेको छ । तर, मर्मत गर्ने निकाय सडक डिभिजन कार्यालय विराटनगरले भने कुनै वास्ता गरेको छैन ।

यो दृष्य हो– कोशी अञ्चलको पहाडी जिल्ला जोड्ने एकमात्र सडक कोशी राजमार्गअन्तर्गतको धरानस्थित तिनकुने–भेडेटार सडकखण्डको । ठाउँ–ठाउँमा सडक भत्किएर सवारी चलाउनसमेत जोखिमपूर्ण बनेको छ । एकातिर बढ्दो सवारी चाप र अर्कातिर साँघुरो बाटो भएको सडकमा समेत खाल्डाखुल्डीका कारण सवारी जोगाउन नै गाह्रो हुने गरेको सवारी चालक बताउँछन् ।

सडकमा खाल्डाखुल्डी भएका कारण सवारीसाधनका साथै अत्यावश्यक सवारी एम्बुलेन्सलाई समेत समस्या हुने गरेको छ । विभिन्न ठाउँबाट रेफर भएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि बिरामी लिएर आउने एम्बुलेन्स बिरामीलाई समयमै अस्पतालसम्म पु¥याउन नसक्दा कतिपय बिमारीको बाटैमा ज्यानसमेत जाने गरेको छ ।

तर, राजमार्ग मर्मत गर्ने निकाय सडक डिभिजन कार्यालय विराटनगरलाई यसको कुनै चिन्ता नरहेको स्थानीय बताउँछन् । आर्थिक वर्ष २०७३÷७४ मा सडक स्तरोन्नतिका लागि अब्दुल्लाह कन्स्ट्रक्सनलाई ठेक्का दिइएको भए पनि ठेक्का पाएका कम्पनी कामै नगरी सम्पर्कविहीन भएको छ । तर, सम्बन्धित निकायले ध्यान नदिँदा बाटोको अवस्था जस्ताको तस्तै छ । धरान उपमहानगरपालिकाले कोशी राजमार्ग आफ्नो अधिकारबाहिरको भएको जनाएको छ ।

सडकका खाल्डाखुल्डीका कारण सवारी साधनदेखि सर्वसाधारणसमेत जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मानवीय क्षतिलाई जोगाउनका लागि समयमै सडक मर्मतसम्भार गरेर आवतजावतको सहज व्यवस्था मिलाउनुतर्फ सबैको ध्यान जान जरुरी छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);