सांसद विकास कोषको रकम कोरोना कोषमा राख्न नारायणकाजीको जोड | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

सांसद विकास कोषको रकम कोरोना कोषमा राख्न नारायणकाजीको जोड

narayan kaji

काठमाडौं, २९ चैत । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोषको रकम कोरोना कोषमा राख्न जोड दिनु भएको छ । शनिबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले सांसद विकास कोष आवश्यक नरहेको उल्लेख गर्दै यसलाई कोरोना कोषमा राख्न जोड दिनु भएको हो ।

प्रवक्ता श्रेष्ठले पहिले देखिनै सांसद विकास कोष अनुचित भएकोले यसको आवश्यकता नरहेको भन्दै आएको र अहिले कोरोना संकटको सन्दर्भमा यसको खर्च नभएको रकम कोरोना कोषमा राख्न उचित हुने उल्लेख गर्नु भएको छ ।

प्रवक्ता श्रेष्ठले अबदेखि सांसद विकास कोषमा बजेट नराख्न पनि माग गर्नु भएको छ । उहाँले अहिलेको अवस्थामा सरकारले प्रमुख प्रतिपक्षीलगायत दलसँग समन्वय गर्नुपर्ने पनि बताउनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);