पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त पुनको योग्यतामाथि प्रश्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त पुनको योग्यतामाथि प्रश्न

काठमाडौं, १२ पुस ||
पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशकमा नियुक्त लक्ष्मी पुनको योग्यतामाथि सांसदहरुले प्रश्न उठाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले हालै पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेसँगै सांसदहरुले यसको बिरोध गरेका हुन् । बिहीवार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरुले कार्यकारी निर्देशकमा नियुक्तिका लागि पुनको योग्यतामाथि प्रश्न उठाएका हुन् । सांसदहरुले उहाँको शैक्षिक योग्यता, अनुभव र धर्म लगायतका विभिन्न विषयहरुमाथि प्रश्न तेर्साएका हुन् । बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद एकनाथ ढकालले पुनको नाम समानुपातिक उम्मेदवारको सुचिमा रहेको उल्लेख गर्दै यस्तो व्यक्ति राज्यको कुनैपनि निकायमा नियुक्त हुन नसक्ने बताउनु भयो । उहाँले यस्तो विवादित व्यक्तिलाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक बनाउनु नहुने धारणा राख्नुभयो ।
ढकालले पशुपति क्षेत्र विकास कोषमा धेरै कर्मचारीहरु नियुक्त गर्ने गरिएको भन्दै कुन कानून र नियमावलीमा टेकेर कर्मचारी नियुक्त गरिएको हो भनि प्रश्न समेत गर्नुभयो । उहाँले कर्मचारी नियुक्तिको मापदण्डबारे पनि प्रष्ट पारिनुपर्ने बताउनु भयो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले कार्यकारी निर्देशक नियुक्तिको मापदण्ड पूरा नभएकाले प्रश्न उब्जिएको बताउनु भयो । उहाँले कानून बमोजिम नियुक्ति भए, नभएको सन्दर्भमा सम्बन्धित निकायले प्रष्ट्याउनुपर्ने बताउनु भयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सत्तारुढ नेकपा(माओवादी केन्द्र)को केन्द्रिय सदस्यलाई नियुक्त गरिएको भन्दै आफ्नो कार्यकर्ता नैतिक रुपले राख्न नमिल्ने बताउनु भयो । उहाँले सो नियुक्तिमा योग्यताको समेत ख्याल नगरिएको बताउनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल समशेर जबराले लक्ष्मी पुन क्रिश्चियन धर्मावलम्वी भएको प्रचार रहेको उल्लेख गर्दै यदी सो कुरा सत्य भएमा राज्यले हिन्दु धर्मावलम्वीहरुप्रति अन्याय र अपराध गरेको ठहर्ने बताउनु भयो । उहाँले पुनको धर्म र शैक्षिक योग्यतामाथि छानविन गर्नुपर्ने माग गर्नुभयो ।
नेकपा(माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त लक्ष्मी पुनमाथिको आक्रमण महिला, जनजाति र कर्णाली भेगमाथि भएको प्रहार भएको बताउनु भयो । पुनको योग्यतामाथि प्रश्न उठाएर दुव्र्यवहार र अपमान गरिएको भन्दै आपत्ति प्रकट गर्नुभयो । उहाँले पुन क्रिश्चियन धर्मावलम्वी भएको प्रचार गरिएको भन्दै यसको बिरोध गर्नुभयो । पुन हिन्दु धर्मावलम्वी भएको उहाँको भनाई छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्रीले पुनको शैक्षिक योग्यता स्नातकोत्तर उत्तिर्ण रहेको बताउनु भयो । १५ वर्षे अनुभव भने विभिन्न मिडिया, एफएमहरुमा काम गरेको देखिएको उहाँको भनाई छ । सांसदहरुले पशुपति क्षेत्र विकास कोषका अन्य विभिन्न गतिविधिहरुमा पनि प्रश्न उठाएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);