प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे बाधक बन्दैनौँः काँग्रेस | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे बाधक बन्दैनौँः काँग्रेस

काठमाडौं, १२ पुस ||
सत्तारुढ दल नेपाली काँग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे आफू बाधक नबन्ने स्पष्ट पारेको छ । बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता मिनबहादुर विश्वकर्माले गठबन्धनका दलका शिर्ष नेताहरुसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीहरु हेरफेर गर्नसक्ने बताउनुभएको हो । उहाँले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएकाले काम गर्न असहज भए गठबन्धनका दलका शिर्ष नेताहरुसँगको परामर्शबाट गर्नसक्ने स्पष्ट पानुभयो ।
काँग्रेस केन्द्रिय समितिको बिहीवारको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको प्रश्ताव पेस गर्नुभएको बताउनु भयो । प्रश्तावमा पार्टीको सांगठनिक गतिविधि, महासमितिको तयारी, मेलमिलाप दिवस, समुदायमा काँग्रेस कार्यक्रम, मन्त्रालयका कार्य सम्पादन भएका विषयहरुमा मन्त्रीको धारणा सुन्ने र त्यसमाथि छलफल शुरु गर्ने काम भएको बताउनु भयो । उहाँले बैठकमा राष्ट्रिय सभा सदस्य उम्मेदवार मनोनयन, सांगठनिक विषय लगायतका विभिन्न ५ वटा विषयमा छलफल भएको बताउनु भयो । आजको बैठकमा पार्टीबाट सहभागी मन्त्रीहरुमध्ये स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूले सरकारमा गरेका कामकारबाहीबारे जानकारी गराउनुभएको र बाँकी मन्त्रीहरुले शुक्रवारको बैठकमा जानकारी गराउने बताउनु भयो । उहाँले बैठकमा राष्ट्रिय सभामा सदस्यको चयन गर्दा पार्टीले सबैलाई न्याय गरोस् भन्ने धारणा सदस्यहरुले राखेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);