पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजात ३ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजात ३ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, १२ पुस ||
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएको कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु ३ दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ । समितिको बिहीवार बसेको बैठकले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु ३ दिनभित्र बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो । केही दिनअघि पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्ति गरिएको थियो । सो नियुक्ति प्रक्रिया र सम्बन्धित व्यक्तिको योग्यतामाथि सांसदहरुले प्रश्न उठाएसँगै समितिले नियुक्ति सम्बन्धी प्रमाणित कागजात मगाएको हो । बैठकले कार्यकारी निर्देशक नियुक्ति गर्ने निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र वैयक्तिक विवरणसहितको प्रमाणित कागजात तिन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ । त्यसैगरी बैठकले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा शिघ्र एकिन गरी हाल साविक गरी कोषको नाममा लालपुर्जा लिने व्यवस्था गर्न पनि निर्देशन दिएको छ । समितिले पशुपति क्षेत्र विकास कोषले आनन्द होटलसँग गरेको सम्झौताको सक्कल सहितको विवरण ३ दिनभित्र उपलब्ध गराउन पनि निर्देशन दिएको छ । त्यसैगरी, बैठकले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना समितिलाई उपलब्ध गराउन पनि भनेको छ । समितिले पशुपतिमा बिग्रिको शवदाह मेसिन यथाशिघ्र सञ्चालनमा आउनेगरी तयार गर्न र आवश्यकताअनुसार थप गर्नेगरी अगाडी बढ्न पनि निर्देशन दिएको छ । बैठकले पशुपतिनाथ मन्दिरको स्थलगत अनुगमन गर्ने र त्यतिबेला पशुपति विकास कोषसँग सम्बन्धित विषयमा जानकारी पनि निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);