काठमाडौं, २९ चैत । सरकारले घोषणा गरेको लकडाउनको आज १९ औं दिन पनि काठमाडौं उपत्यकासहित देशैभरका शहर बजार सुनसान छन् ।
चैत ११ गते विहान ६ बजेबाट लागु हुनेगरी एक हप्ताका लागि घोषणा गरिएको लक डाउनको अवधि सरकारले तेस्रो पटक थप गरेर आगामी वैशाख ३ गतेसम्म जारी रहने निर्णय गरेको छ । विश्वभरी फैलिएको कोरोना महामारीको संक्रमण नेपालमा पनि देखिएपछि जारी गरिएको लक डाउन पछि काठमाडौं उपत्यका सुनसान बनेको हो ।
सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । चोक चोकमा सुरक्षाकर्मी खटिएका छन् । लकडाउन उल्लंघन गर्न खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । जारी लकडाउनमा अत्याश्वयक सवारीसाधन भने निर्बाध संचालन भइरहेका छन।लसरकारले कोरोना भाइरस संक्रमणबाट बच्न सर्वसाधारणलाई घरभित्रै बस्न र सामाजिक दुरी कायम राख्न आग्रह गरेको छ ।लकडाउन लम्बिएपछि दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेलाई समस्या आएपछि मानिस हिँडेरै उपत्यका छाड्ने क्रम रोकिएको छैन ।
त्यसैगरी काठमाण्डौ उपत्यका बाहिर पनि लक डाउनको कडाइका साथ पालना गरिएको छ । सातै प्रदेश र जिल्लाहरुमा पनि लकडाउनका कारण मुख्य शहर बजारहरु सुनसान रहेका छन् । राजमार्गमा पनि अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् ।
लकडाउनका कारण सबै राजमार्ग सुनसान छन् ।