कोरोनाले अर्थतन्त्र सकसमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कोरोनाले अर्थतन्त्र सकसमा

arthatantra

काठमाडौँ, १६ चैत । कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वसँगै नेपाली अर्थतन्त्रमा पनि ठूलो प्रभाव पर्ने देखिएको छ।

उद्योगी–व्यवसायी र अर्थशास्त्री यस्तै अवस्था रहिरहे चालु आवमा मुलुकको आर्थिक वृद्धिदर तीन÷चार प्रतिशतमा खुम्चिने बताउँछन्। सरकारले चालु आवमा साढे ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ।

कोरोना जोखिमबाट मुलुकलाई जोगाउन सरकारले साताव्यापी लकडाउन गरेपछि आर्थिक गतिविधि ठप्प छ। अझै दुई साता लकडाउन लम्ब्याउने तयारीमा सरकार छ। कोरोना प्रभाव कहिलेसम्म रहन्छ भन्ने यकिन छैन। यसको प्रभाव क्रमशः कम हुँदै गए पनि चालु आवमा आर्थिक वृद्धिदर तीन÷चार प्रतिशतभन्दा बढी नहुने विश्लेषण अर्थशास्त्रीको छ।

आम्दानी र उत्पादनका सबै क्षेत्र ठप्प भएपछि अर्थतन्त्रको चक्र नै प्रभावित भएको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बताए। ‘मानव स्वास्थ्यसहित अर्थतन्त्रमा ठूलो क्षति पुगेको छ,’ उनले भने, ‘यसले दीर्घकालीन असर पार्छ।’ मुलुकको आर्थिक वृद्धिदर खस्कने निश्चित भएको उनले बताए। ‘यो अवस्था लम्बिए आर्थिक वृद्धिदर ती÷चार प्रतिशतमा खुम्चिने लक्षण देखिएको छ,’ क्षेत्रीले भने।

क्षेत्रीको धारणामा अर्थशास्त्री विश्व पौडेल पनि सहमत छन्। कोरोनाले गर्दा सेवा क्षेत्रसहित सरकारी खर्चमा असर परेकाले आर्थिक वृद्धिदर खुम्चिने उनले बताए। ‘यसको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा पनि परेको छ, उनले भने, ‘यो भनेको आर्थिक वृद्धिदरमा कमी आउनु हो।’

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) लगायतले कोरोनाका कारण विश्व अर्थतन्त्रमा मन्दी देखिएले ठूलो संकट निम्तिने जनाएका छन्। कोषले कोरोनाबाट विश्व अर्थतन्त्रलाई बचाउन प्रभावित देशलाई ५० खर्ब अमेरिकी डलर सहायता दिने जनाइसकेको छ। छिमेकी मुलुक भारतले पनि एक लाख ७० हजार करोड रुपैयाँं कोरोना प्रभावित सर्वसाधारणका लागि छुट्याएको घोषणा गरेको छ। नागरिक दैनिकले समाचार छापेकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);