आर्थिक वर्ष २०७७÷७८ मा ७ वटा प्रदेशको आर्थिक वृद्धि ३ देखि ४.७ प्रतिशत हुने अनुमान | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

आर्थिक वर्ष २०७७÷७८ मा ७ वटा प्रदेशको आर्थिक वृद्धि ३ देखि ४.७ प्रतिशत हुने अनुमान

काठमाडौं । चालू आर्थिक वर्ष २०७७÷७८ मा ७ वटा प्रदेशको आर्थिक वृद्धि ३ देखि ४.७ प्रतिशतसम्म हुने अनुमान गरिएको छ ।

उपभोक्ता वृद्धिदरका आधारमा चालू वर्षमा अर्थतन्त्रमा सबैभन्दा बढी योगदान रहेको बागमती प्रदेशको अर्थतन्त्रको आकार १६ खर्ब ८ अर्ब र सबैभन्दा कम कर्णाली प्रदेशको आकार १ खर्ब ६१ अर्ब पुग्ने अनुमान गरिएको छ ।

केन्द्रीय तथ्यांक विभागले चालु आवको ७ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आंकडा तथा सूचनाका आधारमा तयार गरिएको अनुमानित तथ्यांकअनुसार अनुमान गरिएको हो ।

गत आव र यस आवमा बागमतीबाहेक सबै प्रदेशमा कृषिक्षेत्रको योगदान हिस्सा सबैभन्दा बढी छ भने बागमतीमा थोक तथा खुद्रा व्यापारक्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ ।

यसो हुनुमा यस प्रदेशमा शहरीकरण, बढी जनसंख्या, राष्ट्रिय तहका ठूला व्यापारिक कारोवार आदि हुन् । बागमतीबाहेक सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ ।

यस वर्ष पनि समग्र अर्थतन्त्रमा कोरोनाको असर देखिए तापनि गत वर्षको ऋणात्मक अर्थतन्त्रमा सुधार आउने विभागको प्रक्षेपण छ । तर, अझै लामो समय निषेधाज्ञा लागेमा भने अपेक्षित उपलब्धि हासिल गर्न गाह्रो हुने संकेत गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);