कुल गार्हस्थ्य उत्पादनमा गण्डकीको योगदान ३ खर्ब | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

कुल गार्हस्थ्य उत्पादनमा गण्डकीको योगदान ३ खर्ब

chart

काठमाडौं, १० जेठ । गण्डकी प्रदेशले कुल गार्हस्थ्य उत्पादनमा २ खर्ब ८८ अर्ब २० करोडको योगदान गरेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले बिहीबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिकीकरण कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । यस प्रदेशले जीडीपीमा अपेक्षाभन्दा निकै कम योगदान पु-याएको पाइएको छ ।

गण्डकी प्रदेशले कुल गार्हस्थ्य उत्पादनमा ७.०६ प्रतिशत योगदान दिएको विभागका निर्देशक इश्वरी प्रसाद भण्डारीले बताए । सबैभन्दा बढी प्रदेश नम्बर ३ ले १४ खर्ब ३२ अर्ब ७५ करोडको योगदान दिँदा कर्णाली प्रदेशले भने १ खर्ब १९ अर्ब २५ करोडको योगदान दिएको छ । त्यसैगरी प्रदेश २ ले ४ खर्ब ४४ अर्ब ४९ करोड, प्रदेश ५ ले ५ खर्ब ५२ अर्ब ७९ करोड र सुदूरपश्चिम प्रदेशले २ खर्ब २० अर्ब ९५ करोडको योगदान दिएको छ ।

हालसम्म प्राप्त अनुमानहरूको अध्ययन गर्द चालू आर्थिक वर्ष २०७५-७६ मा आर्थिक विकासका हिसावले निकै उत्साजनक प्रगति भएको भण्डारीले जनाए । अनुकुल मौसम हुँदा कृषि उत्पादनमा बढोत्तरी भएको, पुनःनिर्माणका कार्यले गति लिएको, ऊर्जा उत्पादन बढ्दै गएको, वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सले उत्पादन क्षेत्रमा लगानी हुन थालेको, राजनीतिक स्थिरता देशउन्मुख भएको, बन्द हड्तालजस्ता कार्यक्रममा आएको कमी र सरकारले लिएको उत्पादनमूलक नीति कार्यान्वयन पक्षमा सुधार हुनुले देशको अर्थतन्त्र सुधारउन्मुख भएको निर्देशक भण्डारीले जनाए ।

चालू आर्थिक वर्षमा सेवा क्षेत्रले ५२ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा योगदान दिएको उनले अनुमान छ । अघिल्लो वर्षको तुलनाभन्दा चालू आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि दर ६.७१ प्रतिशत हुने निर्देशक भण्डारीले जनाए । सेवा क्षेत्रअन्तर्गत थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेण्ट, यातायात, सञ्चार र भण्डारण, वित्तीय मध्यस्थता, रियल इस्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, सवास्थ्य र अन्य सामुदायिक, समाजिक तथा व्यक्तिगत सेवा पर्दछन् ।

कृषि क्षेत्रले गण्डकी प्रदेशमा कुल गार्हस्थ्य उत्पादनमा चालू आवमा २९.९४ प्रतिशत र गैरकृषि क्षेत्रबाट ७०.०६ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । कृषि तथा वनले गण्डकी प्रदेशमा कुल गार्हस्थ्य उत्पादनमा २९.९१ प्रतिशत योगदान दिएको बताइन्छ । मत्स्यपलनमा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.०३ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ भने कुल मुल्य अभिवृद्धि वार्षिक वृद्धिदरमा ७.६७ प्रतिशतले रहने प्रारम्भिक अनुमान गरिएको हो । खानी तथा उत्खननमा ०.८० प्रतिशत, उद्योगमा ३.२१ प्रतिशत, विद्युत्, ग्यास तथा पानीमा २.८० प्रतिशत, निर्माणमा ११.४१ प्रतिशत, थोक तथ खुद्रा व्यापारमा ७.९९ प्रतिशत, होटल तथा रेष्टुरेण्टले ३.८७ प्रतिशत, यातायात तथा संंचार तथा भण्डारणले ५.७६ प्रतिशत, वित्तीय मध्यस्थताले ५.२३ प्रतिशत, रियल स्टेट तथा व्यवसायिक सेवामा ७.२६ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षाले ३५२ प्रतिशत, शिक्षाले ७ं.२७ प्रतिशत स्वास्थ्यले ३.२३ प्रतिशत र अन्य सामुदायिक, सामाजिक तथा वयक्तिगत सेवाबाट यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ७.७४ प्रतिशत योगदान दिएको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ९ सय ४८ अमेरिकी डलर रहेको छ । प्रदेश सरकारले भने आगामी ५ वर्षमा दोब्बर भन्दा पनि बढी २ हजार ५ सयभन्दा माथि पु-याउने लक्ष्य राखेको छ । आर्थिक केही प्रमुख आर्थिक सुचकहरूको अबस्था मध्य स्थिर मुल्य अनुसार कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभुत मुल्यमा ७.०६ प्रतिशत रहेको निर्देशक भण्डारीले बताए । चालू मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन आधारभुत मुल्यमा २ खर्ब ७५ अर्ब ९७ करोड ९० लाख, चालू मुल्य अनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा २ खर्ब ८८ अर्ब २० करोड ७० लाख रहेको उनले जनाए ।

गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेलले तथ्याङ्क संकलनमा नयाँ प्रविधि र दक्ष जनशक्ति आवश्यक भएको बताए । गण्डकी प्रदेशमा सूर्य टोवाको, होङ्शी सिमेन्ट जस्ता अबौं लगानीका उद्योगहरू रहेको उल्लेख गर्दै उनले प्रदेशले उत्पादन हुने कृषिलाइ भन्दा सेवामूलक क्षेत्र पर्यटनलाई विकासको पहिलो आधार बनाउदा विकास गर्न धेरै मेहेनत गर्नुपर्ने उल्लेख गरे । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);