कोरोना संक्रमणलाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने तयारीमा अर्थमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना संक्रमणलाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने तयारीमा अर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना संक्रमणलाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन् ।

शुक्रबार पदभार ग्रहण गरे लगत्तै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका छन् ।

बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पका साथ बजेट आउने उनले जानकारी दिए ।

उनले कोरोना रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामथर््य परिचालित गर्ने , संक्रमितहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने पनि प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);