संक्रमणको दाश्रो लहर डरलाग्दो ढंगले फैलन सक्छ : अर्थमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

संक्रमणको दाश्रो लहर डरलाग्दो ढंगले फैलन सक्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा कोरोना भाइरसकोे संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताए ।

जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउनुपर्ने अवस्था आएको पनि मन्त्री पौडेलको भनाई छ ।

अर्थमन्त्री पौडेलले कसैले पनि लापरबाही गर्नु नहुने बताए । सरकारले सबै प्रकारका सम्भाव्य उपायहरु अवलम्बन गरेर कोरोनाविरुद्धको लडाईलाई जित्न चाहेको उल्लेख गर्दै उनले यसका निम्ति आम नागरिक र सबै संघसंस्थाहरुको सहयोग आवश्यक पर्नेमा जोड दिए ।

संक्रमण विश्वव्यापी रुपमा फैलिएको कारण खोपको आपूर्तिमा पनि चुनौती थपिएको उनको भनाई छ ।

अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको सम्बन्धमा आएका सुझावहरु मध्ये आगामी आर्थिक वर्षको बजेट निर्र्माण गर्दा जायज र सम्भव भएका सुझावहरुलाई ग्रहण गरिने पनि बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);