प्रदेश २ सरकारले ल्याउने भयो यस्तो प्याकेज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश २ सरकारले ल्याउने भयो यस्तो प्याकेज

pradesh2

काठमाडौँ, १६ चैत । प्रदेश २ सरकारले लक डाउनको अवधिमा विपन्न, किसान, मजदुर र श्रमिकका लागि विशेष प्याकेज ल्याउने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लक डाउन गरेको समयमा छाक टार्न समस्या हुनेहरुका लागि प्रदेश सरकारले प्याकेज ल्याउन लागेको हो ।

प्याकेजका निम्ति सबै स्थानीय तहलाई रकम पठाउने र सम्भवतः भोलिसम्ममा यसको कार्यविधि बनिसक्ने प्रदेश सरकारले जनाएको छ ।प्रदेश सरकारले आइतबार बिहान आयोजना गरेको सर्वपक्षीय बैठकले छाक टार्न समस्या हुनेको पहिचान गर्ने निर्णय गरेको छ । यसका निम्ति सबै स्थानीय तहलाई निर्देशन दिइएको छ ।

छाक टार्न समस्या भइरहेका विपन्न, किसान, मजदुर र श्रमिकलाई खाद्यान्न उपलब्ध गराउन प्रत्येक स्थानीय तहलाई रकम पठाउने निर्णय समेत भएको छ । निर्णय अनुसार महानगरपालिकालाई २५ लाख, उप महानगरपालिकालाई २० लाख, नगरपालिकालाई १५ र गाउँपालिकालाई १० लाख उपलब्ध गराइनेछ ।

प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिकासहित १ सय ३६ वटा स्थानीय तह रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);