कोरोनाका कारण बजारमा दुधको माग ह्वात्तै घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

कोरोनाका कारण बजारमा दुधको माग ह्वात्तै घट्यो

dairy milk

काठमाडौं, १० चैत । कोरोनो भाइरसको उच्च जोखिममा नेपाल परेको छ । उच्च जोखिमको कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । अर्थतन्त्रका अधिकांश अवयवहरु प्रभावित भएका छन् । यस्तै कोेरोना जोखिमबाट दुग्ध व्यवसाय क्षेत्र पनि मारमा परेको छ ।

सरकारले कोरोनाको संक्रमण जोखिमलाई ध्यान दिँदै चैत्र १० बाट उडान र लामो दुरीका सवारी साधनमा रोक लगाएको छ । अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु पनि रोक लागेका छन् ।

अत्यावश्यक बाहेक अन्य बन्द भएपछि मानवीय चहलपहल ह्रवात्तै घटेको छ । बजार सुनशान बन्दै गएपछि दुग्ध व्यवसाय पनि प्रभावित भएको छ । बजार पनि सुनशान भएको छ। दुग्ध बिक्री वितरणमा कमी आएको छ ।

महामारी फैलिनु अघि निजी क्षेत्रबाट दैनिक ४ लाख लिटर दुध बिक्रि हुने गरेकोमा यतिबेला १ लाख लिटरको हाराहारीमा झरेको डिआईए डेरी उद्योगका अध्यक्ष राजकुमार दाहालको भनाई छ ।

दुग्ध अतिआश्यक खाद्य भित्रै पर्ने गर्दछ । दुग्धले रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । बालबालिकादेखि बृद्धबृद्धाहरुलाई पनि नियमित रुपमा दुधको आवश्यकता पर्दछ ।

दुध दैनिक उपभोग्यको अतिआवस्यक भएपनि दुध र दुग्ध जन्य पदार्थको बिक्रिवितरणमा ह्रास आएको छ । सन्त्रास भन्दा अघि दुग्ध विकास केन्द्रमा दैनिक १ लाख ६५ हजारको हारहारीमा दुग्ध संकलन हुने गरेको थियो ।

तर, अहिले संकलनम बढेर १ लाख ९० हजार लिटरको पुगेको छ । तर यसरी संकलित दुध बिक्रीमा गिरावट आउँदा दुग्ध क्षेत्र प्रभावित भएको हो । कोरोनाको त्रासका कारण नेपालको अर्थतन्त्रमा सीधा असर परेको छ । अर्थतन्त्र भित्रको दुग्ध व्यवसाय पनि प्रभावित भएको छ । मानिसहरु बाहिरिएसंगै होटेल तथा रेष्टुरेन्ट समेत बन्द भएपछि दुधले बजार पाउन नसकेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);