विद्युत महसुल अनलाइनबाट भुक्तानी गर्न प्राधिकरणकाे अपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

विद्युत महसुल अनलाइनबाट भुक्तानी गर्न प्राधिकरणकाे अपिल

bidhyut

काठमाडौं, १० चैत । सरकारले विद्युत महसुल अनलाइनबाट भुक्तानी गर्न ग्राहकहरूलाई अपिल गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिम कम नभएसम्म अनलाइनबाट मात्रै महसुल भुक्तानी गर्न सरकारले आग्रह गरेको हो ।

नेपाल विद्युत प्राधिकरण संचालक समितिका अध्यक्षसमेत रहनु भएका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा सोमवार बसेको बैठकले उक्त आग्रह गरेको हो ।

विद्युतको महसुल बुझाउने काउन्टरमा भिडभाडका कारण संक्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानी गर्न ग्राहकहरुलाई आग्रह गरिएको हो ।

बैठकले विद्युत महसुल बुझाउन ढिलाइ भएमा जरिवाना नलाग्ने र लाइन नकाट्ने निर्णय पनि गरेको छ । इन्टरनेटको उपलब्धता नभएको वा अन्य कारणले महसुल भुक्तानी गर्न नसक्ने ग्राहकको सेवा पनि अवरुद्ध हुने छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);