विद्युत महसुल निर्धारणमाथि सार्वजनिक सुनुवाइ आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विद्युत महसुल निर्धारणमाथि सार्वजनिक सुनुवाइ आह्वान

काठमाडौं, ५ चैत । नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको विद्युत महसुल निर्धारण माथि विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाइ आह्वान गरेको छ ।

आयोगले बुधबार पत्रकार सम्मेलन गरी यहि चैत १४, १६ र १७ गते काठमाडौंमा सार्वजनिक सुनुवाई गर्न लागेको बताएको हो । आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले सार्वजनिक सुनुवाईमा आयोगका अध्यक्ष, सदस्यहरु, तथा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरुको उपस्थिति रहनेभएकाले उपभोक्ता र सरोकारवालाहरुलाई उपस्थिति हुन आवहान गर्नुभयो ।

उहाँले कोरोना भाइरस (कोभिड –१९)को प्रभावलाई ध्यान दिएर अनलाइनबाट समेत उपभोक्ता तथा सरोकारवालाहरुको प्रतिक्रिया लिने व्यवस्था गरिएको बताउनुभयो । उहाँले नेपाल विद्युत प्राधिकरणको प्रस्तावको अध्ययन गरी आयोगको वेवसाइटमार्फत आफ्नो राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउन आग्रह समेत गर्नुभयो ।

सार्वजनिक सुनुवाइबाट प्राप्त राय सुझाव र प्रतिक्रियाको आधारमा नेपाल विद्युत प्राधिकरणको लागत कम गर्नेगरी विद्युत महसुल निर्धारण गरिने समेत उहाँले बताउनुभयो ।

विद्युत नियमन आयोग ऐन, २०७४ को कानूनी प्रावधान अनुसार आयोगले वितरण अनुमति प्राप्त संस्थाबाट सम्पूर्ण कागजात प्राप्त भएको ६०दिन भित्र विद्युत महसुल निर्धारण गरिसक्नुपर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);