सरकार भन्छ २५ बढीमा, बन्दी बस्छन् ७२ को भीडमा | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

सरकार भन्छ २५ बढीमा, बन्दी बस्छन् ७२ को भीडमा

Jail-kaid

काठमाडौँ, १० चैत । महानगरीय प्रहरी परिसर, टेकुमा बन्दी जीवन बिताएका मीनराज शाहीले आफू ७२ जनासँगै बस्नु परिरहेको आइतबार सर्वोच्च अदालतसँग गुनासो सुनाउनुभयो। सरकारले कोरोना भाइरसको संक्रमण हुने डरले २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको अवस्थामा शाहीले आफ्नो अवस्था अदालतलाई सुनाएसँगै गुनासो गर्नुभएको हो।

शाहीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले झन्डै एक महिनाअघि पक्राउ गरेको हो। आफूलाई गैरकानुनीरूपमा पक्राउ गरेको उल्लेख गरी रिहाइ गर्न आदेशको मागसहित शाहीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो।

बन्दीलाई उपस्थित गराउन आदेश दिएपछि शाहीलाई आइतबार सर्वोच्च अदालत लगिएको थियो। शाहीसँगै सुदीप शाहीलाई पनि सँगै अदालत लगिएको थियो। न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हिरासतमा कति जनासँग रहनुपरेको, बाहिर हिँड्न दिने वा नदिनेजस्ता प्रश्न शाहीद्वयसँग राख्नुभएको थियो। यो समाचार आजको नेपाल समाचारपत्र दैनिक पत्रिकामा लेखेको छ ।

ताजा समाचार