प्रदेश २ को नामाकरण र राजधानीको बिषय थप पेचिलो बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रदेश २ को नामाकरण र राजधानीको बिषय थप पेचिलो बन्दै

काठमाडौं, ५ चैत । प्रदेश २ को नामाकरण र राजधानीको विषय थप पेचिलो बनेको छ । प्रदेशको नामाकरणमा राजनीति दलबीच सहमति नभएपछि मतदान प्रक्रियाबाटै नामाकरण र राजधानी टुङग्याउने प्रयास पनि विफल भएको छ । कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाई मत पुग्न नसक्दा प्रदेश २ को नामाकरण अन्योलपूर्ण बनेको छ ।

लामो समयदेखी प्रदेश २ को नामकरण विवाद अझै टुंगिन सकेको छैन । प्रदेश सभामा नामकरणको विषयमा राजनीतिक दलहरुबीच सहमति हुन नसक्दा प्रदेशसभामा बुधबार भएको गोप्य मतदानले पनि निकास दिन नसकेपछि यो विषय जटिल बनेको छ ।

नामकरणका लागि प्रदेशसभामा विभिन्न दलले छुट्टाछुट्टै चारवटा नाम दर्ता गरेका थिए । दर्ता भएका चारवटा मध्ये कुनै पनि प्रस्तावमा दुई तिहाई नपुग्दा प्रदेश दुईको नामकरण अन्योलग्रस्त भएको छ ।

नेपालको संबिधानमा प्रदेशसभाको दुई तिहाई सदस्यले प्रदेशको नाम टुङगो लगाउने प्रावधान भएकोले अब शून्य अवस्थाबाट नामाकरणको विषयमा प्रक्रिया अघि बढाउनेपर्ने संबैधानिक कानुनका जानकारको भनाई छ ।

लामो समयको रस्साकस्सीपछि प्रदेशको राजधानी जनकपुर राख्ने विषयमा सहमति भएको थियो । तर प्रदेशको नामकरणमा सहमति हुन नसक्दा नामकरण विषय पेचिलो बनेको छ। प्रदेश नामकरणमा सत्तापक्ष र विपक्षी दलबीच जुँगाको लडाई झै भएको देखिन्छ । यसमा सत्तारुढदलको नैतिक हार भएको राजनीतिक बिश्लेषक डा. राजेश अहिराज बताउनुहुन्छ ।

नेपालमा संघीयता लागु भए देखि नै प्रदेशको सिमाङकन र नामकरणमा समस्या देखिएको छ । अन्य प्रदेशमा नेकपाको दुई तिहाईको स्पष्ट बहुमत रहेकोले खासै समस्या रहेको छैन ।

प्रदेश दुईमा मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी राजपा र समाजबादीको संयुक्त सरकार रहेको छ । सत्तारुढसँग स्पष्ट बहुमत नहुँदा प्रदेशको नामकरण पेचिलो भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);