कोरोना भाइरस : चीनमा नियन्त्रण हुँदै, विश्वभरि मृत्यु हुनेको संख्या झण्डै ९ हजार पुग्यो | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

कोरोना भाइरस : चीनमा नियन्त्रण हुँदै, विश्वभरि मृत्यु हुनेको संख्या झण्डै ९ हजार पुग्यो

drop in coronavirus

काठमाडौं, ५ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस चीनमा नियन्त्रण भइरहँदा युरोप र अमेरिकामा भने फैलिइरहेको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण अहिले विश्वका १६० भन्दा बढी देशमा फैलिकेको छ । अहिलेसम्म कोरोनाभाइरसबाट ७ हजार ९ सय ८९ जनाको मृत्यु भइसकेको छ भने करिब २ लाख संक्रमित भएका छन् । बुधबार बिहानसम्म चीनमा ३ हजार २ सय ३७ जनाको मृत्यु भएको । युरोपेली मुलुक इटालीमा भने भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ ।

इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ३ पुगेको छ । इरानमा ९ सय ८८ , स्पेनमा ५ सय ३३, फ्रान्समा १ सय ७५, अमेरिकामा १ सय १६ र बेलायतमा ७१ जनाको मृत्यु भइसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);