कञ्चनपुरको पुनर्वासमा सीमा बिवाद पुनः चर्कियो | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

कञ्चनपुरको पुनर्वासमा सीमा बिवाद पुनः चर्कियो

कञ्चनपुर, ३ चैत । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास देखी बेल्डाँडी सम्म सिमा विवाद पुन चर्किएको छ । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले जाँचबुझ गर्ने र सच्याउने नाममा लालपुर्जा प्राप्त नेपाली भुमिमा पिलर गाडेपछी विवाद चर्किएको हो ।

बिवाद बढेपछि आक्रोसित स्थानीयले गाडिएका पिल्लर समेत तोडफोड गरेका छन् । लामो समयदेखी सीमा क्षेत्रमा यथावत रहेका विवादहरुको अझै समाधान हुन नसकिरहेका बेला बेलौरी नगरपालिका र बेल्डाँडी गाउँ पालिकाको झन्डै ७० बिगाहा भन्दा बढी नेपाली भुभाग भारततर्फ पर्ने गरि धमाधम पिलर गाड्न थालिएपछि स्थानीय जनता आक्रोशित बनेका छन् ।

ब्रिटिस नेपालमा स्थापित जंगे पिलरहरुको आधारमा नगरी सीमा सर्वेका नाममा २०६०/०६१ सालमा गाडिएका स्तम्भका आधारमा अहिले नक्सांकन गर्न थालिएपछि नेपाली भुमी भारततर्फ परेको छ ।

अहिले कञ्चनपुरको दक्षिणी क्षेत्रमा पुनर्वासको प्याराताल देखि बेलडाँडीको झिलमिलासम्म ठाउँठाउँमा सीमा विवाद छ । सोही समस्या समाधानका लागि सीमा सर्भे टोली खटाइएको भएपनि विवाद झन बढ्दै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);