'विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न सकिदैन' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न सकिदैन’

काठमाडौं, २८ फागुन । सरकारले विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न नसकिने बताएको छ । कोरोना भइरसका सन्दर्भमा स्वास्थ्य विज्ञ र पत्रकारहरुबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको अन्तरक्रियामा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले यस्तो बताउनुभएको हो ।

उहाँले विशेष परिस्थित र संक्रमित क्षेत्रबाट आउने बाहेक सबैलाई क्वारेन्टाइन गर्न नसकिने बताउनुभएको हो । ‘‘स्पेशल कण्डिसनको छ भने क्वारेन्टाइन गर्छौ । एकदमै संक्रमित भएको ठाउँमा छ भने हामी ल्याएर क्वारेन्टाइन गर्छौँ । त्यो हामीले व्यवस्था गरेका छौँ र प्रदेश प्रदेशमा गरेका छौँ । तर आम मान्छे जो स्वतन्त्र रुपमा आउँछ सबै त्यसलाई त क्वारेन्टाइन गर्न सम्भव छैन्’’, उहाँले भन्नुभयो, ‘‘त्यस्तो मान्छेहरुलाई होम क्वारेन्टाइन्मा बस्नुस भनेका छौँ । उहाँहरु आफु घरमा बस्नुप¥यो । छुट्टै बस्नुहोस् । मास्क लगाएर बसिदिनुहोस् । आफुले खाएको भाँडाकुँडा आफैले सफा गरेर छुट्टै राख्नुहोस् । केही समयसम्म अर्काको कोठामा नजानुहोस । भनेर हामीले उहाँहरुलाई भनेको त्यो भनेको होम क्वारेन्टाइन हो । संसारभरी नै त्यही प्राक्टिस छ ।’’

अहिले नेपालमा संक्रमण भित्रिने गरी दक्षिण कोरियाबाट सबै भन्दा बढी सुरक्षा जोखिम रहेको पनि महानिर्देशक श्रेष्ठले बताउनुभयो । नेपाल सरकारले बढी सुरक्षा जोखिम रहेका देशहरुको पहिचान गर्न अध्ययन गरिरहेको पनि बताउनुभयो ।

सरकारले पहिचान गरेका शंकास्पद व्यक्तिलाई अस्पताल लगिने उहाँले बताउनुभयो । साथै सरकारले स्थापना गरेका क्वारेन्टाइनस्थहरु पनि बन्द नभएको महानिर्देशक श्रेष्ठले बताउनुभयो ।

महानिर्देशक श्रेष्ठले शंकास्पद सबैलाई विमानस्थलमा परीक्षण गर्ने गरिएको समेत बताउनुभएको छ । नेपाल भारत सीमा क्षेत्रका ४१ वटा नाकामा हेल्थ डेस्क स्थापना गरिएको उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);