कोरोना भाइरस : पोर्चुगलका राष्ट्रपति १४ दिन क्वारेन्टाइनमा | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

कोरोना भाइरस : पोर्चुगलका राष्ट्रपति १४ दिन क्वारेन्टाइनमा

Portuguese president quarantine

एजेन्सी, २८ फागुन । कोरोना भाइरस प्रकोपको चिन्ता बढिरहेका बेला पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सोसालाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । पोर्चुगिज राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै उनलाई निजि निवासमा १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जनाएको हो ।

उक्त विज्ञप्तिमा राष्ट्रपतिले मुलुकको उत्तरी भेगका विद्यार्थीलाई भेटेको र पछि ती विद्यार्थी मध्ये एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि राष्ट्रपतिलाई क्वारेन्टाइनमा राख्नु परेको जनाइएको छ ।

स्वास्थ्य अधिकारीको सल्लाह स्वीकार गर्दै राष्ट्रपतिले क्वारेन्टाइनमा बस्न तयार भएको बताइएको छ । उनले सबै सार्वजनिक कार्यक्रममा भाग नलिने समेत भएका छन् । यद्यपि उनमा कोरोना भाइरसको कुनै किसिमको लक्षण भने देखिएको छैन ।

 यसैबीच बेलायतकी स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना भइरसको संक्रमण देखिएको छ। कोरोना संक्रमण देखिएपछि उनले चिकित्सकको सल्लाहमा आवश्यक उपचार र नीजि निवासमा नै सेल्फ क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

बेलायतमा हालसम्म ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण बेलायतमा ६ जनाको ज्यान गएको छ ।