गत साता शेयरबजार नेप्से १ सय ९६.४७ अंकले गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

गत साता शेयरबजार नेप्से १ सय ९६.४७ अंकले गिरावट

काठमाडौं, २४ फागुन । गत साता शेयरबजार नेप्से परिसूचकमा भारी गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से ५ दिनको कारोबारमा १९६.४७ अंकले ओरालो लागेको हो ।

शेयर बजार परिसूचक नेप्सेमा गत साता ३ करोड ८४ लाख २६ हजार ७ सय २४ कित्ता शेयरको खरिद बिक्री हुँदा १६ अर्ब २१ करोड बढीको कारोबार भएको छ ।

गत साता शेयरबजार नेप्से १सय ९६दलमलव ४७ अंकले घटेको छ । सातामा ३ करोड ८४ लाख २६ हजार ७ सय २४ कित्ता शेयरको खरिद विक्रि हुँदा १६ अर्ब २१ करोड ९० लाख ५४ हजार ७ सय ८२ रुपैँया बराबरको कारोबार भयो ।

साताको पहिलो दिन गत आइतबार नेप्से परिसूचक दोहोरो अंकले घट्दा अहिलेसम्मकै उच्च कारोबार भएको थियो । पछिल्लो साता दोहोरो अंकले बढेर बन्द भएको बजारमा कारोबार अवधिभर परिसूचक ४० दशमलव ८२ अंक घटेर १ हजार ५ सय ९१ दशमलव ३६ को विन्दुमा बन्द भएको थियो ।

१ सय ८३ कम्पनीका १ करोड २५ लाख १७ हजार २ सय १७ कित्ताशेयर ३९ हजार २ सय ८९ पटकको कारोबारबाट ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

त्यस्तै सोमबार कारोबार शुरु भएको तीन घण्टा नबित्दै नेप्से सूचक ६ प्रतिशतले घटेपछि शेयर कारोबार बन्द भएको थियो । कारोबार खुलेको २ घण्टा २९ मिनेटमा नेप्से सूचक ९६दशमलव ६ अंकले घटेर १हजार ४सय ९५दशमलव २० विन्दुमा झरेको थियो ।

१ सय ७३ वटा कम्पनीको ४९ लाख ८६ हजार कित्ता शेयर २ अर्ब १५ करोड रुपैयाँमा खरिद बिक्री भएको थियो । ६ प्रतिशतले बजार घट्ने बित्तिकै दिनभरकै लागि बजार बन्द गर्ने नियम अनुसार कारोबार रोक्का गरिएको थियो ।

त्यसैगरी मंगलबार नेप्से परिसूचक १४दशमलव ३७ अंक बढेर एक हजार ५सय ९दशमलव ६७ विन्दुमा पुगेको थियो । सेन्सेटिभ इन्डेक्स २ दशमलव ६१ अंक बढेर ३ सय २४दशमलव ०४ विन्दुमा पुगेको थियो ।

मंगलबार १ सय ८१ कम्पनीको ३३ हजार ८सय ९८ पटकको कारोबारमा ३ अर्ब ८५ करोड १६ लाख रुपैयाँ बराबरको ८२ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो ।

त्यसैगरी गत बुधबार शेयरबजार परिसूचक नेप्से ४दशमलव ५४ प्रतिशतले घटेको थियो । नेप्से ६८दशमलव ४७ अंकले घटेर परिसूचक १हजार ४सय ४१दशमलव २० अंकमा पुगेको थियो ।

१ सय ७४ कम्पनीका ६७ लाख ७१ हजार १ सय ४१ कित्ताशेयर २९ हजार २ सय ३१ पटकको कारोबारबाट २ अर्ब ९० करोड ८४ लाख ७२ हजार ६ सय ३ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

कारोबार अघिल्लो दिन मंगलबारको तुलनामा ९४ करोड ३२ लाख रुपैयाँले कम हो । बुधबार कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको थियो ।

त्यस्तै साताको अन्तिम दिन बिहीबार नेप्से सूचक ५दशमलव ५० अंकले घटेर १हजार ४सय ३५दशमलव ७० विन्दुमा झरेको थियो भने कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा झण्डै ४५ करोड रुपैयाँले घटेको थियो । बिहीबार १ सय ७९ वटा कम्पनीको ५९ लाख ४० हजार कित्ता शेयर २ करोड ४५ लाख रुपैयाँमा खरिद बिक्री भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);