बजारमा ग्यास अभाव हुँदैन : निगम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बजारमा ग्यास अभाव हुँदैन : निगम

gas silindar

काठमाडौं, २४ फागुन । नेपाल आयल निगमले बजारको माग भन्दा आपूर्ति बढी गर्ने व्यवस्था गरेको भन्दै ग्यास अभाव नहुने स्पष्ट पारेको छ ।

बजारमा ग्यासको आभाव हुने त्रासले उपभोक्तले अधिक ग्यास भण्डार गर्न थालेपछी शनिबार एक विज्ञप्ति जारी गर्दै निगमले यस्तो बताएको हो ।

हाल खाना पकाउने ग्यास उपभोगको औषत परिमाण ३८ हजार मेट्रिक टन रहेको र यसै महिनादेखि निगमले ४५ हजार मेट्रिक टनका दरले आपूर्ति हुने व्यवस्था मिलाईसकेको निगमले बताएको छ ।

थप ७ हजार मेट्रिक टन आयात हुने भएकाले बजारमा ग्यास अभाव नहुने निगमको भनाइ छ । निगमले अनावश्यक ग्यास सिलिण्डर खरिद गरी राख्ने प्रवृत्तिले गर्दा बजार असामान्य हुने, दुर्घटनाको सम्भावना बढ्ने र आपूर्ति व्यवस्था असहज हुने हुँदा आफ्नो दैनिक आवश्यकता परिपूर्तिका लागि मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);