नेपाल र सिंगापुरबीचको खेल स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

नेपाल र सिंगापुरबीचको खेल स्थगित

nepal vs singapore

काठमाडौं, २३ फागुन । एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेट अन्तर्गत नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ । शुक्रवार बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा वर्षाको कारण नेपाल र सिंगापुरबीचको खेल रद्द भएको हो ।

बिहिबार राति परेको वर्षाले मैदान खेल्न योग्य नहुँदा नेपाल र सिंगापुरबीचको खेल टस समेत नभई रद्द गरिएको हो । खेल रद्द भएसँगै दुवै टोलीले १–१ अंक पाएका छन् । सिंगापुरसँग एक अंक पाएसँगै नेपालले ४ खेलमा ३ अंक जोडेर प्रतियोगिताको अन्त्य गरेको छ । एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको नेपाल चौंथो स्थानमा सिमित भएको छ ।

एसिया कप छनोटमा पुग्ने लक्ष्य सहित थाइल्याण्ड पुगेको नेपाल थाइल्याण्डमाथि जित निकाल्दा मलेसिया र हङकङसँग पराजित भएको थियो । सिंगापुर भने शीर्ष दुईमा स्थान पक्का गर्दै एसिया कप छनोटमा पुगेको छ ।

४ खेलमा ३ जितका साथ सिंगापुरले ७ अंक जोडेको छ । सिंगापुरले शीर्ष स्थानमा रहदै उपाधि समेत जितेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);