राजपा संयोजक महन्थ ठाकुरको गाउँमा गोली चल्यो | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

सर्लाही, १ असोज । निर्वाचनको अघिल्लो दिन हिजो आईतबार साँझ सर्लाहीमा गोली चलेको छ। सर्लाहीको बलरामा गोली चलेको हो । नेपाली कांग्रेसका उम्मेदवार कमलेश सिंहको गाडीमा चढेर गइरहेको बेलामा केही मानिसले उनलाई घेरा हालेपछि उनका सुरक्षामा खटिएका पिएसओले हावामा गोली चलाएका हुन्।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको भन्दै प्रदेश नम्बर दुईका प्रहरी प्रमुख बिजयलाल कायस्थले घटनाको पुष्टि गरेका छन्। उनका अनुसार गोली बेलुका साढे सात बजे चलेको हो।

गोली चलेको बलरा राजपा अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर र नेपाली कांग्रेसका नेता अम्रेस कुमार सिंहको निर्वाचन क्षेत्रसमेत हो।

ताजा समाचार