अमेरिकाको विद्यालयमा गोली चल्यो, दुई विद्यार्थीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अमेरिकाको विद्यालयमा गोली चल्यो, दुई विद्यार्थीको मृत्यु

अमेरिकी । अमेरिकाको आयोवास्थित एक विद्यालयमा गोली चलेको घटना सार्वजनिक भएको छ । जानकारी अनुसार आयोवाको डेस मोइनेसको एक विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षक घाइते भएका छन् ।

समाचार एजेन्सी एसोसिएटेड प्रेसले प्रहरीलाई उद्धृत गर्दै गोलीबारी घटनापछि धेरै संदिग्धहरूलाई हिरासतमा लिइएको बताएको छ । देस मोइनेस स्कुलमा सुरु भएको शैक्षिक कार्यक्रमका क्रममा गोली चलेको घटना सार्वजनिक भएको हो ।

प्रहरीले गोली चलेको घटनापछि बिजनेस पार्कमा रहेको विद्यालयमा आपतकालीन टोली बोलाइएको बताएको छ। प्रहरीका अनुसार घटना दिउँसो १ बजे अघि भएको हो । विद्यालयमा भएको गोलीकाण्डमा दुई विद्यार्थीलाई गोली लागेको थियो, त्यसपछि उनीहरूलाई अधिकारीहरूले तुरुन्तै सीपीआर दिएपनि दुवै विद्यार्थीको अस्पतालमा मृत्यु भएको थियो। घाइते शिक्षिकाको अवस्था गम्भीर रहेको र उनको सोमबार दिउँसो शल्यक्रिया गरिएको थियो ।

गोलीबारीको करिब २० मिनेट पछि, अधिकारीहरूले करिब दुई माईल टाढाबाट तीन संदिग्धहरूलाई हिरासतमा लिएको छ । संदिग्ध मध्ये एक कारमा भागेको प्रहरीले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);