स्पाइसजेटको फ्लाइटमा यात्रु र एयर होस्टेसबीच विवाद, भिडियो सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

स्पाइसजेटको फ्लाइटमा यात्रु र एयर होस्टेसबीच विवाद, भिडियो सार्वजनिक

एजेन्सी, १०माघ । दिल्लीबाट हैदरावाद गइरहेको स्पाइसजेटको विमानमा चढ्ने क्रममा यात्रु र चालक दलका सदस्यबीच विवाद भएको एउटा भिडियो सार्वजनिक भएको छ । स्पाइसजेटको विमान भित्र एक यात्रुले एयर होस्टेससँग दुर्व्यवहार गरेको घटना बाहिर आएको छ । स्पाइसजेटका अनुसार सोमबार एयरलाइन्सको दिल्ली–हैदराबाद उडानमा बोर्डिङका क्रममा एक यात्रुले एयर होस्टेससँग दुर्व्यवहार गरेका थिए।

जहाज रोकिदा उनले सम्पूर्ण क्याबिन क्रुसँग दुर्व्यवहार गरेको एयरलाइन्सले जनाएको छ । जसका कारण विमानमा चढ्ने काम रोकिएको थियो । घटना बढेपछि केबिन क्रुले पाइलट र सुरक्षाकर्मीलाई जानकारी गराएका थिए । त्यसपछि आरोपी र उनका सहयात्रीलाई विमानबाट डि–बोर्ड गरिएको थियो। दुवैलाई विमानस्थल सुरक्षा जिम्मा लगाइएको छ ।

एयरहोस्टेस र आरोपीबीच चर्को झगडा भएको थियो । उनीहरुलाई अन्य यात्रुले पनि शान्त पार्ने प्रयास गरेका थिए । भिडियोमा एक वृद्ध व्यक्ति एयरहोस्टेससँग ठूलो स्वरमा कुरा गरिरहेको देख्न सकिन्छ ।

एयरहोस्टेसले उनलाई केही बुझाउन खोज्दैछिन्, जसमा ती व्यक्तिले रिसाउँदै हिन्दीमा कुरा गरिरहेका छन् । यसैबीच एकजना यात्रु आएर कुरा टुंग्याउने प्रयास गरे पनि विवाद सुल्झिएन ।
एयरहोस्टेसले केटी रोएमा कसैलाई वास्ता नगर्ने तर केटा रोएमा सबैलाई रिस उठ्ने गरेको बताउँछिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);