आकाशमा उडेको विमानमा महिलामाथि पुरुषले पिसाब फेरे तर सरी भनेनन् | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

आकाशमा उडेको विमानमा महिलामाथि पुरुषले पिसाब फेरे तर सरी भनेनन्

नयाँ दिल्ली । नोभेम्बरमा एयर इन्डियाको फ्लाइटको बिजनेश क्लासमा एक महिला सहयात्रीलाई मदिराले मातेका एक व्यक्तिले पिसाब गरिदिएका र कुनै कारवाहीमा नपरी उम्किएका थिए । घटनाको केही हप्ता पछि एयर इन्डियाले ती अटेरी व्यक्तिलाई नो–फ्लाई सूचीमा राख्न सिफारिस गरेको छ ।

नागरिक उड्डयन महानिर्देशनालयले एयरलाइन्ससँग प्रतिवेदन मागेको छ । ‘हामीले लापरवाही गर्नेलाई कारबाही गर्छौं,’ नियामक महानिर्देशनालयले भनेको छ ।
नोभेम्बर २६ मा न्युयोर्कबाट दिल्लीका लागि एयर इन्डियाको उडानको बिजनेश क्लासमा ७० वर्षकी एक सह–यात्रीलाई मातेको यात्रुले कथित रूपमा जिपि खोलेर पिसाब फेरिदिएका थिए ।

लन्चपछि पछि बत्ती मधुरो भएकोले के भइरहेको थियो भनेर थोरैले बुझेका थिए । पिसाब गरिसकेपछि अर्को यात्रुले उसलाई छोड्न नभनेसम्म ती व्यक्ति त्यहाँबाट नसरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

महिलाले चालक दलसँग गुनासो गरेकी थिइन् । उनको लुगा, जुत्ता र झोला पिसाबले भिजेको बताइन् । चालक दलले कथित रूपमा उनलाई लुगा र चप्पल दिए र उनको सिटमा फर्किन भनेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);