देश बदल्न अघि बढ्दा अवरोध सहनु परेको छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

देश बदल्न अघि बढ्दा अवरोध सहनु परेको छ : प्रधानमन्त्री ओली

pm oli-prajatantra diwas

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय आग्रहले लोकतान्त्रिक प्रणाली र प्रक्रियामा अवरोध सिर्जना हुन नहुने बताउनुभएको छ । ७०औँ प्रजातन्त्र दिवसका अवसरमा मंगलवार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले देशलाई बदल्ने अठोटसाथ अघि बढ्दै गर्दा केही नकारात्मक प्रवृत्तिको अवरोध पनि सहनु परेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले दलीय आग्रहले लोकतन्त्रिक प्रणाली र प्रक्रियामा अवरोध सिर्जना हुन नहुने बताउनुभयो । उहाँले लोकतन्त्र इतिहासप्रति गर्व गर्ने, वर्तमानमा उत्तरदायी हुने र भविष्यप्रति जिम्मेवार हुने सभ्य प्रणाली भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विकास निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्ताहरूलाई निरुत्साहित पार्ने, विकास प्रयासहरमा व्यवधान प्रबृत्ति देखिएको भन्दै त्यस्ता प्रयासहरुलाई सरकारले कामद्वारा नै पराजित गरिरहेको दाबी गर्नुभयो ।

समारोहमा राष्ट्रपति बिद्यादेवी भण्डारी, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत सरकारका मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);