चीनबाट ल्याइएका १७५ जनामा कोरोना भाइरसको संक्रमण नेगेटिभ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चीनबाट ल्याइएका १७५ जनामा कोरोना भाइरसको संक्रमण नेगेटिभ

nepali ko uddar

काठमाडौं, ७ फागुन । चीनको हुबेइ प्रान्तबाट उद्धार गरी नेपाल ल्याइएका १सय ७५ जनामै कोरोना भाइरसको संक्रमण नेगेटिभ रहेको पाइएको छ । बुधवार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सो जानकारी दिनुभएको हो ।

प्रवक्ता श्रेष्ठका अनुसार चीनबाट उद्धार गरेर ल्याइएपछि गत आइतबारदेखि भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन क्षेत्रमा बसिरहेका १७५ जनाबाट लिइएको र्यालको नमुनाको परिक्षण गर्दा सबैमा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको हो । उनीहरु सबैजनाबाट लिइएको नमुनाको परिक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो ।

प्रयोगशालाले मंगलवार सबैको रिपोर्ट दिएको बताउँदै प्रवक्ता श्रेष्ठले हाललाई कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको बताउनुभयो । अब फेरी १४ दिन पछि सबैबाट पुनःनमुना संकलन गरेर परिक्षण गरिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);