कुनै पनि बहानामा लोकतन्त्रलाई खतरामा पार्ने काम गर्न हुँदैन : सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कुनै पनि बहानामा लोकतन्त्रलाई खतरामा पार्ने काम गर्न हुँदैन : सभापति देउवा

deuba-sunsari

सुनसरी, ७ फागुन । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले लोकतन्त्रलाई कमजोर पार्ने काम कसैले पनि गर्न नहुने बताउनुभएको छ ।

बुधबार ७० औं राष्ट्रिय प्रजातन्त्र दिवशको अवसरमा सुनसरीको धरानमा आयोजित एक कार्यक्रममा देउवाले जनताको ठुलो त्याग र बलिदानीबाट प्राप्त लोकतन्त्रलाई बचाउन सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि बहानामा लोकतन्त्रलाई खतरामा पार्ने काम गर्न नहुने उल्लेख गर्नुभयो ।

सभापती देउवाले स्वतन्त्र न्यायपालिका, प्रहरी प्रशाशन र कर्मचारीतन्त्रमाथि बिना कारण हस्तक्षेप गर्न नहुने बताउनुभयो । उहाँले लोकतन्त्रमा जनतानै सर्वेसर्वा भएका भन्दै जनताको भावना विपरीतका काम हुन नहुनेमा जोड दिनुभयो ।

देउवाले प्राप्त उपलब्धीको रक्षा गदै देशलाई समृद्धतर्फ अगाडी बढाउन सके मात्र शहिदको सपना पूरा हुने बताउनुभयो । उहाँले सबै राजनीतिक दलहरुबीच एकताको खाँचो रहेको भन्दै कांग्रेस सधै एकताको पक्षमा रहेको उल्लेख गर्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);