नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

काठमाडौं, २८ माघ । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई २७ औं नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा बढुवा गरेको हो । कार्यसम्पादन मूल्यांकन र जेष्ठताका आधारमा ज्ञवालीलाई आईजीपी नियुक्त गरिएको हो । उहाँसँगै आईजीपीको दौडमा डीआईजी तारिणीप्रसाद लम्साल पनि हुनुहुन्थ्याे ।

सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण महानिरक्षिक पदबाट अवकास पाउने भएपछि उहाँको स्थानमा ज्ञवालीलाई बढुवा गरिएको हो । महानिरीक्षकमा बढुवा हुनु भएका ज्ञवाली ३० वर्षे सेवाअवधि कायम रहे आगामी असार २४ गतेसम्म मात्रै सेवामा रहनुहुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);