नीजि क्षेत्रसँग सुशासन, पारदर्शीता र कानूनको पालना बाहेक अरु कुनै अपेक्षा छैन : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नीजि क्षेत्रसँग सुशासन, पारदर्शीता र कानूनको पालना बाहेक अरु कुनै अपेक्षा छैन : प्रधानमन्त्री

kp oli

काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीजि क्षेत्रसँग सुशासन, पारदर्शीता र कानूनको पालना बाहेक अरु कुनै अपेक्षा नरहेको बताउनुभएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको महत्वपूर्ण व्यवसायिक व्यक्तित्व (सिआइपी) अवार्ड कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सुशासन, पारदर्शीता र कानूनको पालना बाहेक अरु कुनै पनि कमिसनको माग नीजि क्षेत्र र व्यवसायीसँग नगर्ने बताउनुभएको हो ।

‘‘अहिलेको सरकारले कुनै कमिसनको माग गर्दैन, कमिसनको खेल गर्दैन् । कुनै भ्रष्टाचारको खेती गर्दैन्’’ ओलीले भन्नुभयो, ‘‘सरकारले कमिसनको माग होइन, पारदर्शीता, स्वच्छता, कानूनको पालना र कानूनले तोकेका दायित्वहरु पुरा गर्नुहोस् अरु कानून भन्दा बाहिरका कुराहरु तपाईहरुले गर्नुपर्दैन् । गर्नु परेमा वा गर्न बाध्य पारिएमा मलाई जानकारी गराउनुहोस् ।’’

प्रधानमन्त्री ओलीले सरकार र नीजि क्षेत्रले विकास चाहेपनि सुशासनको मामलामा कहिलेकाँही विवाद हुने गरेको उल्लेख गर्नुभयो । सभ्य समाज विकास गर्नका लागि सुशासन अपरिहार्य रहेकोले सुशासन विकासको बाधक नभएको ओलीले बताउनुभयो । ‘सुशासन उद्योग व्यवसाय, वाणिज्यको बाधक होइन । यो सहयोगि हो । त्यसकारण यसमा कुनै द्वविधामा रहनुपर्ने कुरा छैन्’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आर्थिक विकास र सुशासनका लागि अब कानून निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ । कार्यक्रममा मुलुकको अर्थतन्त्रमा योगदान पु¥याउने निर्यातकर्ता, लगानीकर्ता र रोजगारदाता गरी विभिन्न १३ विधामा २५ जना व्यवसायीक व्यक्तित्वहरुलाई सिआइपी अवार्डबाट सरकारले सम्मान गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);