ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयको जिम्मा लिनुपर्छ : सरिता गिरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयको जिम्मा लिनुपर्छ : सरिता गिरी

काठमाडौं, २८ माघ । समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताउनुभएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उहाँले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नाम जोडिएको भएपनि मुद्दाको छानबिन हुनुपर्ने बताएकोले सबै पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताउनुभयो ।

चीनको कारोना प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुर्लाइ स्वदेश फर्काउने विषयमा संसदमा जुन आवाज उठ्नुपर्ने बेला लगातार संसद अवरुद्ध हुनु दुःखद भएको उहाँले बताउनुभयो । जीवन मरणको अवस्थामा रहेका निर्दोष व्यक्तिहरुको उद्धारका लागि उहाँले सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);