काठमाडौं, २ असोज । काठमाडौँमा मात्रै २०७३ ७४ मा ४३ जनाले नेपाली नागरिकता त्यागेका छन् ।
चालू आर्थिक बर्षको भदौ मसान्तसम्म नागरिकता त्याग्ने १२ पुगेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार तिनमा अधिकांश भारतमा बिहे गरी जाने महिला छन्।
अमेरिका, बेलायत, अस्ट्रेलियालगायत अन्य देशको नागरिकता लिएको कारण देखाउने पनि छन्। ललितपुरमा भने २०६२ ६३ यता ७५ जनाले नागरिकता त्यागेका छन्।