काठमाडौं, १९ माघ । नेपाल विद्यार्थी संघका सभापति राजिव ढुंगानाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ध्यान केन्द्रीत गर्न सबैलाई आग्रह गर्नुभएको छ । माघ १६ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट मनोनित भएपछि आइतबार पदभारत ग्रहण गर्दै ढुंगानाले संगठनमा आवद्ध विद्यार्थीहरुलाई स्वयीयू निर्वाचनमा ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभएको हो ।
स्ववीयू निर्वाचन मिनि जनमत भएको उल्लेख गर्दै ढुंगानाले २ तिहाइको सरकारले जनमतको दुरुपयोग गरिरहेकोले चुनावबाट पाठ सिकाउनुपर्ने बताउनुभयो ।
माघ १६ गते कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकबाट मनोनित सभापति ढुंगाना, महामन्त्रीहरु मनोज वैद्य र महेश्वरी कुँवरले आइतबार नेविसंघको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।