तत्काल प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौँः अध्यक्ष राउत | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

तत्काल प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौँः अध्यक्ष राउत

२०८१,१०,२७

जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरू राजनीतिमा नलागेको बताएका छन्। आइतवार नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० को प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताए। उनले नागरिकले तत्काल नतिजा खोज्ने गरेको भएपनि त्यसका लागि धैर्यता राख्नुपर्ने बताए। उनले आफू तत्काल प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि नभइ विचार स्थापित गरेर देशलाई निकास दिन राजनीतिमा आएको बताए।

अध्यक्ष राउतले पुराना राजनीतिक दलहरूबाट सिकेर नयाँ पार्टी अघि बढ्नुपर्ने बताए। पुराना राजनीतिक दलहरू पनि रातारात नआएको बताए।

Leave a Reply

ताजा समाचार